मन्त्रालयमा प्रतिवेदन सार्वजनिक, बिजुली जोड्ने समयसीमा भोलिसम्म
ऊर्जा मन्त्रालयले लाल आयोग प्रतिवेदन सार्वजनिक गरेको छ । हिजो मन्त्रिपरिषद्को बैठकले २४ घण्टाभित्र विद्युत काटिएका उद्योगमा लाइन जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिले आफूलाई लिखित पत्र प्राप्त नभएको र प्राप्त भए पनि कानुनी प्रक्रिया मिचेर लाइन जोड्न नसकिने प्रतिक्रिया दिइसकेका छन् । ऊर्जामन्त्री दीपक खड्काले केहीबेर अघि मन्त्रालयमा पत्रकार सम्मेलन गरेर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।
सम्मेलनमा पत्रकारहरुले ऊर्जामन्त्री खड्कामाथि प्रश्नको वर्षा गराएका थिए । एक जनाले सोधे, ‘प्राधिकरणमा मन्त्रालयको किन अनावश्यक हस्तक्षेप ? उद्योगीहरुबाट वर्षौंदेखि उठाउनुपर्ने रकम नउठाएरै लाइन जोड्न दिर्नेशन दिने, अनि जनताको चाहिँ दुई चार महिनामै लाइन काटिन्छ, किन फरक व्यवहार ?’
जवाफमा मन्त्री खड्काले भन्नुभयो,‘त्यही भएर लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न खोजेका हौं । सरकारले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर भन्ने, प्राधिकरणले पनि त्यही प्रतिवेदनकै आधारमा काम गरिरहेको छु भनेर दावी गर्ने, र पनि यो विवाद हुँदै आएको छ । आखिर के छ त लाल आयोगको प्रतिवेदनमा सबैलाई थाहा होस् भनेर यो जमघट गरेका हौँ ।’
त्यस्तै अर्का पत्रकारले सोधे, ‘सरकारले दिएको २४ घण्टे अल्टिमेटम सकियो, त्यै पनि प्राधिकरणले तपाईंहरुलाई टेरेन, अब के हु्न्छ ?’
त्यसमा मन्त्री खड्काले फर्काउनुभयो, ‘हिजो निर्णय गरे पनि लिखित पत्र आज मात्रै गएको छ भन्ने आएको छ, अब आजबाट गन्ती गर्दा २४ घण्टामा हुन्छ
टिप्पणीहरू