भैरहवा पुगेपछि रविको पार्टीलाई आयो प्रकाश सपुतको याद
1.07K shares

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई अन्यायको चक्रव्युहमा फसाइएको दावी गरेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका लामिछानेलाई पोखराबाट भैरहवा पुर्याइएपछि रास्वपाले सन्देश जारी गर्दै अनुसन्धानलाई धम्की र अपमानको घिनलाग्दो औंजार बनाइएको ठहर गरेको छ ।
लामिछाने राजनीतिमा आउनुअघि नै सहकारीमा समस्या देखिएको रास्वपाको तर्क छ । भनिएको छ, ‘रवि लामिछाने राजनीतिमा आउनुभन्दा धेरै पहिलादेखि सहकारीमा समस्या थियो, तर ५० औं वर्ष राजनीति गर्दै आएकाहरुले यो समस्यालाई कहिल्यै गम्भीर भएर समाधान गर्ने प्रयास गरेनन् ।’
सभापति लामिछानेले सरकारले अन्याय गरे पनि आफू हतास नभएको बताएका छन् । लामिछानेको भनाई उद्धृत गर्दै लेखिएको छ, ‘मेरो कानूनी लडाईं म लड्न सक्षम छु, तर अब तपाईंहरू ढिला नगरी मलाई मात्र होइन सिंगो मुलुकलाई नै न्याय हुने गरेर हाम्रा असीम सम्भावनाहरुको प्रस्फुटन गराउन ठोस एजेण्डा र तालिका लिएर अघि बढ्नुहोस् ।’
रास्वपाले प्रकाश सपुतको गीत सम्झिँदै लामिछानेको पक्षमा बोल्न आमनगरिकलाई आह्वानसमेत गरेको छ । अन्तिममा भनिएको छ –
हाम्लाई के नै सुख छ र ?
सक्नेले गर, नसक्ने पर
तर, मेरो पनि हैन र ?
यो देश मेरो पनि हैन र ?
1.07K shares
टिप्पणीहरू