युक्रेनस्थित अमेरिकी दूतावास बन्द
युक्रेनको राजधानी किएभस्थित अमेरिकी राजदूतावास बन्द गरिएको छ । अमेरिकी विदेश मन्त्रालयको कन्सुलर विभागले त्यहाँको दूतावास अस्थायी रुपमा बन्द गरिएको जनाएको छ ।
अमेरिकाले मस्कोले किएभमा हवाई आक्रमणको धम्की दिएपछि दूतावास बन्द गरिएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएको छ । दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ ।
अमेरिकाले रुसको राजधानी मस्कोसम्म प्रहार गर्न लामो दूरीको क्षेप्यास्त्र प्रयोगका लागि युक्रेनलाई अनुमति दिएको भोलिपल्ट अमेरिकाले उक्त निर्णय गरेको हो । रुसी सेना युक्रेनको पूर्वतर्फ अघि बढिरहेको जनाइएको छ ।
टिप्पणीहरू