कास्कीमा म्याद थपिँदै, काठमाडौं र चितवनमा ल्याईंदै

कास्कीमा म्याद थपिँदै, काठमाडौं र चितवनमा ल्याईंदै

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई आज पनि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । यसअघि कात्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएपछि आज पुनः म्याद थपका लागि अदालतमा लगिएको छ ।

कास्की जिल्ला प्रहरी कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि लामिछानेमाथि अनुसन्धान गरिहेको छ । उनी गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक छँदा सहकारीको रकम उक्त कम्पनीमा ल्याएर दुरुपयोग गरेको आरोप छ । उनीसँगै सोही मिडियाका उपाध्यक्ष रहेका छविलाल जोशी पनि प्रहरी हिरासतमा छन् । 

दुबै जनालाई यसअघि रुपन्देही पुर्याएर बयान लिइसकिएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम दुरुपयोग आरोपमा भैरहवामा जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिएको हो । पछिल्लो समय जोशीलाई काठमाडौं ल्याएर बयान लिइएको छ । रविविरुद्ध काठमाडौं जिल्ला अदालत र चितवन जिल्ला अदालतबाट पनि पक्राउ पुर्जीको लागि आदेश भइसकेको छ ।

टिप्पणीहरू