प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवा र बाबुराम अनुपस्थित

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवा र बाबुराम अनुपस्थित

प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, परराष्ट्र मामिलाका जानकारलगायत सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले छलफल जारी छ । प्रधानमन्त्रीले बोलाएको बैठकमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहभागी हुनुहुन्छ । 

त्यस्तै, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, माओवादी वरिष्ठ उपाध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायतको पनि उपस्थिति छ । 

बैठकमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर र डा.बाबुराम भट्टराई भने सहभागी हुनुहुन्न । देउवा पार्टी कार्यक्रमका लागि धनुषा पुग्नुभएको छ भने बाबुराम गोरखा जानुभएको छ । बाबुरामले आफू उपस्थित हुन नभ्याएको जनाउँदै सामाजिक सञ्जालबाट सुझाव दिनुभएको छ । 

प्रधानमन्त्री ओली यहि मंसिर १७ गते चीन भ्रमणमा जाँदै हुनुहुन्छ । भ्रमणका एजेण्डाबारे सुझाव लिन उहाँले आजको बैठक राख्नुभएको हो ।

टिप्पणीहरू