यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाइओभर’ (फोटो फिचर)
काठमाडौं उपत्यकाका व्यस्त सडकमध्ये ललितपुरको ग्वार्को चोक पनि एक हो । कोटेश्वर–कलंकी चक्रपथअन्तर्गत ग्वार्कोमा मुलुककै पहिलो ‘फ्लाइओभर’ निर्माणको काम भइरहेको छ ।
चक्रपथमा ट्राफिक जाम घटाउने उद्धेश्यका साथ निर्माणाधीन फ्लाई ओभर अन्तिम चरणमा पुगेको छ । २०७८ माघ २७ गते ठेकेदार कम्पनी आशिष–समानन्तर–रेलिगेरले निर्माणको जिम्मा पाएको थियो ।
सम्झौतामा काम शुरु गरिएको दुई वर्षभित्र निर्माण कार्य गरिसक्ने भनिएपनि पटकपटक म्याद थप गर्दासमेत काम सम्पन्न भएको छैन । फ्लाइओभर निर्माणका लागि थपिएको म्याद आउँदो पुस ८ गते सकिदैँछ ।
०८० माघमै सम्पन्न हुनुपर्ने फ्लाइओभरको काम नसकिएपछि ०८१ असारसम्म सक्नुपर्ने गरी पहिलो पटक म्याद थपिएको थियो । तर, उक्त समयावधिभित्र पनि निर्माण हुन नसकेपछि आगामी पुस ८ गतेसम्म म्याद थपिएको हो ।
अहिले फ्लाइओभरको भौतिक प्रगाति ९७ प्रतिशत रहेको जनाइएको छ । त्यस्तै, वित्तिय प्रगाति ४५ दशमलब ५४ प्रतिशत छ । अर्थात् १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ ठेक्कामा सात करोड ७७ लाख ३३ हजार ५१२ रुपैयाँ भुक्तानी भइसकेको छ ।
तस्बिरहरुः
टिप्पणीहरू