प्रधानमन्त्रीको चीन जाने टोलीमा कम्तीमा ८७ जना

प्रधानमन्त्रीको चीन जाने टोलीमा कम्तीमा ८७ जना
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरिएको छ । आज साँझ बसेको क्याबिनेट बैठकले भ्रमण स्वीकृत गरेको बताइएको छ ।

मङ्सिर १७ देखि २० गतेसम्म हुने भ्रमणमा ८७ जनाको टोली सहभागी हुने निश्चित भएको छ । ३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीसँग चीन जाने क्याबिनेटले टुंगो लगाएको हो ।

निजी क्षेत्रका उद्योगी व्यवसायीहरुमध्ये उद्योग वाणिज्य महासंघका अध्यक्षबाहेक अरु सबै अर्कै उडानमा चीन जानेछन् । महासंघ अध्यक्ष चन्द्र ढकाल प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव तथा अन्य सरकारी अधिकारीहरुसँगै हिमालय एअरलाइन्सको चार्टर उडानमा सोमबार बिहान काठमाडौंबाट सोझै बेइजिङ जाने परराष्ट्र मन्त्रालय स्रोतको भनाई छ ।

याे पनि...

प्रधानमन्त्रीका लागि हिमालय एअरलाइन्समा विशेष कक्ष बनाईंदै

टिप्पणीहरू