वाइडबडी काण्ड : जहाज बिक्रेता कम्पनीका अध्यक्षद्धारा ३३ करोड बढी घुस खुवाएको स्वीकार
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुईथान ठूला (वाइड बडी) जहाज बिक्री गर्न अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसनका इन्टरनेसनल सप्लाई चेनका अध्यक्ष तथा बहुचर्चित वाइडबडी विमान खरिद काण्डका अभियुक्त दिपक शर्माले नेपाल वायु सेवा निगमको विमानका अधिकारीहरुलाई घुस खुवाएर स्वीकार गरेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अमेरिकामा शर्माले अमेरिकाको ‘फरेन करप्सन प्राक्टिस एक्ट’ विपरित घुस खुवाएको स्वीकार गर्दै आफू दोषी भएको स्वीकार गरेका हुन् ।
नेपाली मुलका बेलायती नागरिक शर्मा निगमलाई दुईवटा वाईडबडी विमान बेच्ने सम्झौता गरेको अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरशेनका एएआरको इन्टरनेसनल सप्लाई चेनका अध्यक्ष हुन् । नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान आपूर्ति गर्न छनोट भएको उक्त कम्पनीले पछि अरू दुईवटा कम्पनी जोडेर खरिद सम्झौता गरेको थियो ।
यो समूहले आयरल्याण्डमा हाइफ्लाई एक्स नामक डलर पूँजीको कम्पनी स्थापना गरेको थियो । उक्त कम्पनी जहाज बिक्रीकै लागि खडा गरिएको भेटिएको छ । १० फागुन २०७३ मा स्थापित उक्त कम्पनीले एयरबस कम्पनीबाट दुईवटा वाइडवडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा नेपाल वायुसेवा निगमलाई बेचेको थियो ।
ग्लोबल इन्भेस्टिगेसन रिभ्यू तथा एफसीप्रोफेसर डटकमका अनुसार (तल लिंक छ यहाँ लिंक राखीदिने) शर्माले नेपालमा २०१८ मे देखि अगस्टसम्म आफूसहित विभिन्न व्यक्तिले नक्कली रसिद बनाएर २५ लाख अमेरिकी डलर (आजको विनियम दरमा अनुसार ३३ करोड ७५ लाख रुपैयाँ ) घुस खुवाएको स्वीकार गरेका हुन् ।
बेलायती नागरिक शर्माले नेपाललाई अमेरिकाको एएआर कर्पको तर्फबाट हस्ताक्षर गरेका थिए । अमेरिकामा विदेशमा कुनै पनि काम लिनका लागि विदेशी अधिकारीहरुलाई घुस खुवाउन नपाइने कानून व्यवस्था छ । शर्माले सो रकम नक्कली कागजात निर्माण गरेर अमेरिका, आयरल्यान्ड र संयुक्त अरब इमिरेस्ट (युएई)मार्फत पठाएका थिए ।
शर्माले नेपाल मात्रै नभएर दक्षिण अफ्रिकाको वायु कम्पनीसँग काम लिनका लागि कानुन विपरित घुस खुवाएको स्वीकार गरेका छन् । वायुसेवा निगमलाई विमान बेच्ने समूहको तेस्रो सदस्य अमेरिकी उड्डयन सेवा कम्पनी एएआर कर्पले नै सन् २०१९ को जुलाईमा अमेरिकाको जस्टिस डिपार्टमेन्ट र धितो तथा विनिमय आयोगका साथै बेलायतको भ्रष्टाचार अनुसन्धान र अभियोजन गर्ने संस्था सिरियस फ्रड अफिसमा निवेदन दिएर उसका कर्मचारीहरूले नेपाल र दक्षिण अफ्रिकामा गरिएको कारोबारमा अमेरिकाको भ्रष्टाचार सम्बन्धी कानुन उल्लंघन गरेको हुनसक्ने जनाएको थियो ।
शर्माले त्यसै क्रममा घुसको रकम दिएको स्वीकार गरेका हुन् । एएआर कर्प कम्पनीको अन्तर्राष्ट्रिय आपूर्ति शृंखला प्रमुखको हैसियतमा शर्माले निगमसँगको सम्झौतामा हस्ताक्षर गरेका थिए । नेपाललाई विमान हस्तान्तरण गरेपछि शर्माले सो कम्पनी छाडेका थिए ।
नेपाल वायुसेवा निगमले बजार विस्तारका लागि भन्दै दुइटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो । त्यसक्रममा निगमले अमेरिकाको एएआर इन्टरनेसनल नामक कम्पनी छनोट गरेको थियो । एउटा कम्पनी छनोट भएकोमा पछि खरिद समझदारी (एमओयू) गर्ने क्रममा एएआरका साथै जर्मन एभिएसन क्यापिटल र हाइफ्लाई एरोज पोर्चुगल कम्पनी मिसिए ।
तीनवटा कम्पनीको कन्सोर्टियम बनाएर विमान खरिद–बिक्री सम्झौता भएको थियो । यी तीनवटै कम्पनीले आयरल्यान्डमा हाइफ्लाई एक्स नामक कम्पनी स्थापना गरे । निगमले विमान खरिदका लागि उसैसँग सम्झौता गरेको थियो । एएआरको इन्टरनेसनल सप्लाई चेनका अध्यक्ष शर्मा ७ माघ २०७३ मा जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन लिएर जहाज बिक्री गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्न आएका थिए । उनै अध्यक्ष शर्माले नेपाली उच्च अधिकारीहरुलाई घुस खुवाएको बयान अमेरिकामा दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ ।
गत २२ चैत २०८० मा त्यही वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, पूर्वसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकर अधिकारी, वायुसेवा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंशाकारसहित ३२ विरुद्ध मुद्दा दायर गरेको थियो । त्यसमध्ये २४ जना नेपाली, ६ जना विदेशी नागरिक र दुई आपूर्तिकर्ता कम्पनी प्रतिवादी छन् ।
ती मध्येका शर्मा एक प्रमुख अभियुक्त हुन् । करिब १ अर्ब ४७ करोड ८५ लाख ५ हजार ४ सय ८२ रुपैया हानीनोक्सानी गरेको अभियोग उनीहरूमाथि मुद्दा दायर गरिएको हो । गत २२ चैत २०८० दायर मुद्दामा २६ कात्तिकबाट विशेषले सुनुवाइ थाले पनि केही दिनदेखि हेर्दाहेर्दैमा रोकिएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यस मुद्दामा सुनुवाइ गरिरहेको छ ।
• https://fcpaprofessor.com/individual-pleads-guilty-bribery-scheme-involving-nepal-airlines/
• https://globalinvestigationsreview.com/just-anti-corruption/article/former-aar-exec-admits-nepal-bribery-scheme
टिप्पणीहरू