कर्णाली याक्सलाई हराएपछि चुलियो जनकपुर बोल्ट्सको चर्चा

कर्णाली याक्सलाई हराएपछि चुलियो जनकपुर बोल्ट्सको चर्चा
सुन्नुहोस्

नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आज भएको खेलमा कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५ ओभर एक बलमा पूुरा गर्दै जनकपुर बोल्ट्स शानदार रुपमा विजयी भएको छ । 

कप्तान अनिलकुमार शाहले अर्धशतक प्रहार गर्दै ६२ रन बनाएपछि जनकपुर बोल्ट्सको जित निश्चित भएको थियो । ४२ बल खेलेका उनले तीन छक्का र ६ चौका प्रहार गरे । त्यस्तै जनकपुरका मार्की खेलाडी आसिफ शेखले पनि ३६ रन बनाएका थिए । 

अस्ति (शनिबार) भएको पहिलो खेलमा पनि सन्दिप लामिछानेको कप्तानी रहेको विराटनगर किंग्सलाई हराउँदै जनकपुर बोल्ट्सले पहिलो जित निकालेको थियो । एनपिएलमा बलियो टिम मानिएको कर्णाली याक्सलाई पनि हराएपछि जनकपुर बोल्ट्सको चर्चा चुलिएको छ । 

खासगरी, कर्णाली याक्सबाट चर्चित भारतीय क्रिकेटर शिखर धवन खेलेको कारण जनकपुर बोस्ट्सको जित कमैले आंकलन गरेका थिए । तर धवनले आजको खेलमा १५ रनभन्दा बढी बनाउन सकेनन् । जनकपुर बोल्ट्सले स्वेदेशी खेलाडीको बलबुतामा दोस्रो जित निकालेको हो ।

टिप्पणीहरू