फर्स्ट राइफलमा फसाद
नारायणहिटीमा अहिले फर्स्ट राइफल गण रहेको छ । गणपति भक्तपुरे विकास त्यात श्रेष्ठ छन् । सिनियर मेजर अरुणविक्रम थापा हुन् । स्टाफ कलेज पार लाउन सकेनन् । गणले गत वर्ष भोजपुरमा सामूहिक तालिम गरेको र अहिले विकासकै कमजोरीले वर्षैपिच्छे यस्तो हालत भो भनेर दोष दिन्छन् । आफू हरेक दिन घर जान्छन् तर श्रीमती, छोराछोरी बाबुआमा बिरामी हुने र सन्धिसर्पणमा गरी समस्या परेका जवानलाई बिदा दिन्नन् । जवानको वेलफेयर, बन्दोबस्ती, तालिम, अपरेशन, खेलकुदतर्फ कुनै ध्यान छैन, जुनियर अफिसर, जेसिओ र जवानहरूलाई कसरी दुःख दिन सकिन्छ, कसरी पेल्न सकिन्छ भन्ने दाउमा बसेका हुन्छन् । जवानले पाउने टिएडिए कता जान्छ कसैलाई थाहा हुन्न । वसन्त गौतम कर्साहेब हुँदा मासिक टिएडिए पाउनेहरूको नाम युनिट आदेशमा प्रकाशित हुन्थ्यो ।
अरुणले महिला पाहुना मेसमा बोलाएर भाँडा माझ्न बाध्य पार्छन्, तिनका अगाडि हपारेर बहादुरी देखाउँछन् । सैनिक सचिवको मान्छे हुँ भनेर फूर्ति लगाउँछन् । भूपू जर्नेल सन्तोष ढकालको जे पनि धुन पछि पर्दैनन् । सन्तोष भरतपुरमा गणपति हुँदा जवानले टेलिफोन गर्ने बिलमा समेत कमिसन खान्थे र विश्वनाथ तिमल्सेनाले फर्स्ट राइफललाई ध्वस्त पारेर छाडे । विकासलाई पनि भक्तपुर घर जान भ्याइ नभ्याइ छ । उनले पनि भक्तपुरेहरूलाई मेसमा बोलाएर हाकिमीपारा देखाइरहेका छन् । भोजपुरमा हुँदा ओआरआइ र खेलकुद कस्तो थियो, नारायणहिटीमा आएपछि गण कहाँ पुग्यो ?नारायणहिटीमा सँगै रहेको पुरानो गोरख गणको स्तर कहाँ छ, फर्स्ट राइफलको स्तर कहाँ छ ?
यसमा मूल्यांकन हुन जरुरी छ कि छैन, बाहिनीपति, पृतनापति जर्साबहरू ? हाम्रोमा गतिलो पेसेवर गणपति आउन्, अनि अरुणजस्तो छक्का–पञ्जा नगर्ने मेजर आउन् । भन्न पनि लाज लाग्छ, अरुणले दुई माइल पास गर्न सक्दैनन् ।
– गणका जवानहरू
टिप्पणीहरू