खातामा प्यान अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध

खातामा प्यान अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध
सुन्नुहोस्

एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्धारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा गर्नुपर्ने भएकोले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एपबाट प्यान अद्यावधिक गर्न सकिने बताइएको छ । 

आफुलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने जनाइएको छ । बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई ईटीडीएस रेकर्डमा जनाउनका लागि प्यान आवश्यक हुने नियम छ । 

प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची–१० मा करकट्टीको विवरण मिलान गरिने बैंकको भनाइ छ । यसबाट ग्राहक करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने विश्वास बैंकले लिएको छ । 

ग्राहकले प्यान अद्यावधिक नगराएको कारण ईटीडीएसमा ब्याजदर दाखिला नभएमा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने पनि स्पष्ट पारिएको छ ।
 

टिप्पणीहरू