प्रधानमन्त्रीले झापालीकाे नाम राख्नेगरी काम गर्ने

प्रधानमन्त्रीले झापालीकाे नाम राख्नेगरी काम गर्ने
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट काम गरेर झापालीको नाम विश्वमा चिनाउने दावी गर्नुभएको छ । 

झापाको दमक नगरपालिकामा आज बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्दै उहाँले जिल्लाबासीको नाम राख्नेगरी काम गर्ने बताउनुभएको हो । राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको उल्लेख गर्दै ओलीले अब विकासका काम अघि बढाउन केन्द्रित हुने प्रधानमन्त्रीको भनाई छ ।  

‘हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरूको घर पनि भत्काउने गर्याैँ भने देश बन्दैन’, उहाँले भन्नुभयो,‘म फेरि प्रधानमन्त्री भएको छु, तपाईहरूको नाम विश्वमा राख्छु, यसमा ढुक्क हुन म आग्रह गर्छु।’

प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने सरकारको योजना रहेको पनि सुनाउनुभयो । 

आज उद्घाटन गरिएको खानेपानी आयोजना ५० करोडमा निर्माण गरिएको हाे । यस आयोजनाबाट करिब चार हजार नागरिक लाभान्वित हुने विश्वास गरिएको छ ।

टिप्पणीहरू