उताबाट हरिसँग आएका रविलाई यताबाट श्रीमतीको साथ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पठाइएको छ ।
सिमराबाट उडानमा काठमाडौँ ल्याइएका उनी बुद्ध एअरकै अर्को विमानको अन्तिम सिटमा बसेर दिउँसो साढे १ बजे पोखरा उडेका हुन् । बुद्ध एयरलाइन्सको उडान नम्बर बिएचए–६११ मा लामिछानेसँगै पत्नी निकिता पौडेल पनि पोखरा गएकी छन् ।
यसअघि उनलाई बुद्धको बिएचए–५५२ उडानमा मध्यान्ह १२ बजे सिमराबाट काठमाडौँ ल्याइएको थियो । उक्त उडानमा रास्वपा सांसद हरि ढकाल पनि थिए ।
लामिछानेमाथि वीरगञ्जस्थित सानो पाइला सहकारीको बचत अपचलन गरेको आरोप छ । त्यसबारे बयान लिन उनलाई अस्ति अपरान्ह हवाई उडानमा पोखराबाट काठमाडौँ हुँदै सिमरा पुर्याइएको थियो । त्यहाँबाट वीरगञ्जसम्म स्थलमार्गबाट लगिएको थियो ।
यो पनि...
१. रविलाई पोखरा विमानस्थलबाट सोझै अदालत लगिँदै
२. रवि लामिछानेलाई काठमाडौँ ल्याइयो, हरि ढकाल पनि सँगै
टिप्पणीहरू