शिशिर खनालले नलेखेको, सूर्य थापाले मात्रै देखेको सहकारी ठगी काण्ड

शिशिर खनालले नलेखेको, सूर्य थापाले मात्रै देखेको सहकारी ठगी काण्ड
सुन्नुहोस्

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेले आज जिल्ला अदालत कास्कीका न्यायाधीश सामुन्ने अदालतमाथि नै गम्भीर आरोप लगाएका छन् । उनले आफूमाथि अमानवीय व्यवहार हुँदासमेत अदालत साक्षीजस्तो भएर बसेको आरोप लगाएपछि न्यायाधीश चन्द्रकान्त पौडेलले उनलाई सचेत गराएका थिए । न्यायाधीशको जवाफ थियो, ‘अदालत साक्षी बनेको छैन,सबैलाई सामान्य नागरिक मानेर छानबिन गर्ने हो ।’

उनले आफूलाई न्यायालयको मात्रै विश्वास भएको बताउने क्रममा अदालत रमिते भएको बताएका थिए । म्याद थपको बहसका क्रममा लामिछानेले सहकारी संस्थाको बचत हिनामिना छानबिन गर्न बनेको संसदीय विशेष समितिका सभापति सूर्य थापाले राजनीतिक प्रतिशोध साँधेको गम्भीर आरोप पनि लगाए ।

संसदीय समितिको प्रतिवेदनलाई लामिछानेले ‘सुनियोजित कथा’ भनेका छन् । उक्त कथाको छायाङ्कन अहिले भइरहेको बताउँदै लामिछानेले भने, ‘सूर्य थापा सुनियोजित कथाका रचनाकार हुन् । निकै सुनियोजित हिसाबले लेखिएको कथा हो यो । अहिले छायाङ्कनको मध्यान्तर भएको छ ।’ 

स्मरण रहोस्,छानबिन समितिको प्रतिवेदन रास्वपा प्रतिनिधि तथा सांसद शिशिर खनालसमेत भएर लेखेका थिए ।

टिप्पणीहरू