बुध्दिस्ट सम्मेलनमा चीन,कम्बोडिया र लाओसका मन्त्रीहरु सामेल

बुध्दिस्ट सम्मेलनमा चीन,कम्बोडिया र लाओसका मन्त्रीहरु सामेल

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानहाई बौद्ध गोलमेच सम्मेलनको उद्घाटन गर्दै हुनुहुन्छ । राजधानीमा बिहान ९ बजे हुने उद्घाटनमा चीनलगायत विभिन्न मुलुकका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

सोही कार्यक्रममा सहभागी हुन कम्बोडियाका धार्मिक मामिलामन्त्री छाय बोरिन नेतृत्वको नौ सदस्यीय टोली हिजो राति काठमाडौं आइपुगेको छ । बैंककबाट राति साढे १० बजे आइपुगेको थाइ एअरवेजको उडान नम्बर टीजी ३०९ मा लाओसका उपमन्त्री लिवोङ लाओलीसहितको टोली पनि आइसकेको छ । उनीहरु नक्सालस्थित होटल हिल्टनमा बसेका छन् । 

चिनियाँ सरकारी टोली पनि हिजै काठमाडौं आइपुगेको छ ।  कम्युनिष्ट पार्टीको हाइनान प्रान्तीय युनाइटेड फ्रन्ट वर्क विभागका उपमन्त्री वाङ यु चङ नेतृत्वको प्रतिनिधिमण्डल चाइना साउदर्नको उडान नम्बर सीजेड ६०६७ मा पौने ११ बजे ग्वाङ्झौ हुँदै आएको थियोे । 

उपमन्त्री वाङ यु चङ उक्त प्रान्तीय सरकारको धार्मिक मामिला ब्युरोका निर्देशक हुनुहुन्छ । प्रतिनिधिमण्डलमा कुआन क्वाङसङ, चौ चिआङ, लि सिन, सिङ चङमिङ छन् । चिनियाँ प्रतिनिधिमण्डललाई नागपोखरीस्थित होटल मेरियटमा बस्ने प्रबन्ध मिलाइएको छ ।

त्यसैगरी चीनको क्वाङतोङ प्रान्तीय जातीय तथा धार्मिक मामिला आयोगका उपनिर्देशक चङ सिआओहुई नेतृत्वको प्रतिनिधिमण्डल पनि काठमाडौं आइसकेको छ ।

टिप्पणीहरू