‘भ्रष्टहरुको मुख होइन, अपराध हेरेर कारबाही हुन्छ’

‘भ्रष्टहरुको मुख होइन, अपराध हेरेर कारबाही हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरूको मुख नभएर उनीहरुले गरेको अपराधको आधारमा कारबाही हुने बताउनुभएको छ । उहाँले जोसुकैलाई पनि अपराधको आधारमा कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आज पुलचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तालाई कानुनको कठघरामा ल्याइछाड्ने उल्लेख गर्नुभयो ।

उहाँले सांकेतिक रुपमा भ्रष्टहरुमाथि अपराधको आधारमा कारबाही हुने धारणा राख्नुभएको हो । उहाँले जनप्रतिनिधि, कर्मचारी सबैलाई जनताको सेवामा लागिपर्न निर्देशन दिनुभएको छ ।
 

टिप्पणीहरू