नयाँ दिल्लीमा परराष्ट्रमन्त्रीद्वारा आपसी सहयोगमा जोड

नयाँ दिल्लीमा परराष्ट्रमन्त्रीद्वारा आपसी सहयोगमा जोड
सुन्नुहोस्

परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले नयाँ दिल्लीमा आयोजित नेपाल–भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा काठमाडौं विश्वविद्यालय, नेपाल सेन्टर फर कन्टेम्पोररी स्टडिज र यग्रो फाउण्डेसनले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा सहभागी भएको जानकारी दिनुभएको छ ।

परराष्ट्रमन्त्री राणाले नेपाल र भारतबीचको बृहत आर्थिक साझेदारीबाट समृद्धि एव्म दक्षिण एसियाली क्षेत्रकै आर्थिक वृद्धिमा टेवा पुग्ने धारणा राखेको बताइन्छ । द्विपक्षीय सहयोगमा विशेषगरी सीमापार भौतिक पूर्वाधार परियोजना, विद्युत व्यापार र लगानीलाई उहाँले जोड दिनुभएको हो ।

उहाँले लेख्नुभएको छ,‘नेपालको जलविद्युत, भौतिक पूर्वाधार, पर्यटनको क्षेत्रमा लगानी बढाउन मैले भारतीय लगानीकर्तालाइ आग्रह गरेको छु । दक्षिण एसियाली राष्ट्रहरुलाई घनिष्ठ सहयोग आह्वान गर्दै यसबाट क्षेत्रीय समृद्धि, सबलता र दीगो विकास हुने ठानेको छु ।’

मंसिर २२ गते नेदरल्याण्डस जानुभएकी परराष्ट्रमन्त्री जर्मनी, लम्जेम्बर्ग हुँदै भारत पुग्नुभएको हो । उहाँ भारतीय उच्च अधिकारीहरुसँग भेटघाट र आफ्नो स्वास्थ्य परीक्षणपछि आगामी हप्ता मात्रै स्वदेश फर्कने कार्यक्रम रहेको बुझिएको छ ।

टिप्पणीहरू