देउवाको किल्लामा शेखरलाई १५ किलोको माला

देउवाको किल्लामा शेखरलाई १५ किलोको माला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई सभापति शेरबहादुर देउवाको गृहप्रदेशमा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । धनगढी विमानस्थलमा उत्रनेबितिक्कै उनलाई १५ किलोको मालासहित भव्य स्वागत गरिएको छ ।

भावी सभापतिको दौडमा रहेका कोइराला शक्ति परीक्षणका लागि देश दौडाहा अभियानमा छन् । त्यसैक्रममा कैलाली पुगेका उनको पक्षमा धनगढी विमानस्थलमा भेला भएका स्थानीय नेता–कार्यकर्ताहरुले ‘भावी सभापति’ भन्दै नारा लगाएका थिए । 

१४ औं महाधिवेशनमा देउवासँग पराजित कोइराला १५औँ महाधिवेशनमा सभापति बन्ने दौडमा छन् । त्यसनिम्ति विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन् । साताअघि पूर्वी जिल्लाको भ्रमण सकेर राजधानी फर्किएलगत्तै उनी आज दिउँसो धनगढी गएका हुन् ।

सभापति शेरबहादुर देउवा हावी रहेको भनिएको भूगोलमा कार्यकर्ताले ‘भावी सभापति’ को नारा लगाएपछि कोइरालाले मन्द मुस्कानसहित आभार प्रकट गरेका थिए । विमानस्थलमा एकछिन ‘भावी सभापति शेखर कोइराला– जिन्दावाद !, सुदूरपश्चिमले के भन्छ– १५औं महाधिवेशनमा शेखर कोइराला ले भन्छ !’ भन्दै नाराबाजी भएको थियो ।

टिप्पणीहरू