परराष्ट्रमन्त्रीका १७ दिन परराष्ट्रमै

परराष्ट्रमन्त्रीका १७ दिन परराष्ट्रमै
सुन्नुहोस्

परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा युरोप र भारतको लामो भ्रमणपछि आज स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ नयाँ दिल्लीबाट नेपाल एअरलाइन्सको उडानमा साँझ साढे ६ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । 

राणा मंसिर २२ गते इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन नेदरल्याण्डसको हेग जानुभएको थियो । त्यतैबाट  लक्जेम्बर्ग र जर्मनी पुग्नुभयो । 

जर्मनीबाट गत बुधबार नयाँ दिल्ली आइपुग्नुभएकी राणाले त्यहाँ आयोजित नेपाल–भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । काठमाडौं विश्वविद्यालयको नेपाल सेन्टर फर कन्टेम्पोररी स्टडिज र भारतको यग्रो फाउण्डेसनले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा सहभागिता र स्वास्थ्य परीक्षणपछि उहाँ आज स्वदेश आउन लाग्नुभएको हो ।

सरकारी स्तरबाट ४ महिनाअघि जस्तो भव्य स्वागत भने यसपटक उहाँलाई जुरेन ।

टिप्पणीहरू