विनोद चौधरीलाई कसले भन्यो चोर ?
नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यवसायी विनोद चौधरीले सांसदहरुमाथि नै गम्भीर आरोप लगाएका छन् । उनले मुलुकको कानुन निर्माण क्रममा माननीयहरुले गलत मनशाय राखेको दाबी गरेका छन् ।
सिंहदरबारमा हिजो बसेको संसदको अर्थ समिति बैठकमा बोल्दै चौधरीले उद्योगी व्यवसायीलाई चोरको रुपमा हेर्ने गरिएको बताए । उनले भने, ‘हाम्रा अधिकांश कानुन खासगरी उद्योग व्यापारसँग सम्बन्धित ऐन बनाउने प्रक्रिया नै कस्तो हुन्छ भने सेवाग्राही नै चोर हो । कसरी दुःख दिने भन्ने मानसिकताले काम गरेको हुन्छ, त्यसलाई चुकुल लगाउने काम गरिन्छ । अपवादबाहेक सेवाग्राहीलाई दुःख दिने नियतले कानुन नियम बनाइन्छन् ।’
उनले कानुनको आफूखुशी व्याख्या गर्ने प्रवृत्ति रहेको बताए । यसो गरेर सेवाग्राही अर्थात् व्यवसायीहरुलाई दुःख दिइने गरेको उनको दावी छ । ‘अपवादबाहेक सेवाग्राहीलाई दुःख दिने नियतले हाम्रा कानुन नियम बनाइन्छन् ,’ उनले उल्लेख गरेका थिए ।
सरकारी कर्मचारीप्रति संकेत गर्दै चौधरीले कानुन कार्यान्वयन गर्ने ठाउँमा बस्ने व्यक्तिमा निर्णय नगरी काम रोक्ने प्रवृत्ति हाबी भएको बताए । उपयुक्त कानुन अभावका कारण देशमा नयाँ उद्योगहरु सञ्चालनमा आउन नसकेको पनि उनैको दाबी छ ।
स्मरणरहोस्,चौधरीले मुलुकमा आर्जित आम्दानीलाई अवैध बाटोबाट विदेश पुर्याएर उतै लगानी गरेका छन् । विदेशमा गरिएको लगानी व्यवस्थापनका लागि एउटा छोरो दुबईमा, अर्को छोरो नयाँ दिल्ली र जेठोलाई काठमाडौंमा खटाएका छन् । विदेशबाट सुको नल्याउने उनी आफैँ भने वैदेशिक लगानीको वकालत गर्न तम्सिन्छन् ।
दुबई बस्ने माहिलो छोरोको बच्चा जन्मिएको अवसरमा गतहप्ता उनले खलकको भेला उतै डाकेका थिए ।
टिप्पणीहरू