रवि लामिछानेलाई अदालत लगियो
सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालत लगिएको छ ।
लामिछाने, छविलाल जोशी, लीला पछाईसहित ५ प्रतिवादीलाई बयानका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । सूर्यदर्शन सहकारीको बचत हिनामिना गरेको अभियोगमा उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा हिजो मुद्दा दायर भएको थियो ।
जिबी राई समूहले देशका विभिन्न शहरमा सहकारी खोलेर गैरकानुनी तवरले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम ओसारेको यो प्रकरणमा सरकारी वकिलले प्रतिवादीहरुसँग कुल १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ ।
टिप्पणीहरू