चन्द्र ढकालको अर्को केबलकार परराष्ट्रमन्त्रीले शिलान्यास गर्दै
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा कैलालीको चिसापानीमा निर्माण गर्न लागिएको केबलकारको शिलान्यासका लागि आज धनगढी जान लाग्नुभएको छ ।
झण्डै सात अर्ब खर्च अनुमान गरिएको उक्त केबलकारमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको मुख्य लगानी छ । ढकालले यसअघि काठमाडौंको चन्द्रागिरी, गैंडाकोट र बुटवलमा केबलकार सञ्चालनमा ल्याइसकेका छन् । पूर्वको पाथिभरामा पनि निर्माणको चरण शुरु भएको छ । चिसापानीको परियोजनामा भने जिल्ला समन्वय समिति कैलालीका पूर्व सभापति सूर्यबहादुर थापाको पनि लगानी रहेको बताइन्छ ।
परियोजना एक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
टिप्पणीहरू