आफ्नै टाउकोमा गोली,खै के हुने हो भोलि
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत जवानले आफ्नै टाउकोमा गोली हानेका छन् । २१ वर्षे चक्रप्रसाद न्यौपानेले हिजो साँझ कार्यालय हाताभित्रै पेस्तोल चलाएका हुन् ।
प्रहरीका अनुसार न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते न्यौपानेलाई तत्काल उपचारका लागि महाकाली अस्पताल पुर्याइएको थियो । त्यहाँका चिकित्सकको सिफारिसपछि उनलाई कोहलपुर लगिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ । उनले कार्यालयको प्रबन्ध शाखामा गोली हानेका थिए । गोली चलाउनुको कारणबारे खुल्न बाँकी छ ।
टिप्पणीहरू