बेइजिङमा नेपाल,लुम्बिनीमा चाइना

बेइजिङमा नेपाल,लुम्बिनीमा चाइना

लुम्बिनी बौद्ध विश्वविद्यालय र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच आज भएको सहकार्य सम्झौताले चीन र नेपालमा क्रमशः नेपाल इन्स्टिच्युट र चाइना इन्स्टिच्युट स्थापनाको मार्ग प्रशस्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच आज भएको सहकार्य सम्झौतामा उक्त व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री निवास,बालुुवाटारमा लुुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । अब ती विश्वविद्यालयले संस्कृति आदानप्रदान, भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनसम्बन्धी कार्यहरु गर्नेछन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको गत मंसिरमा भएको चीन भ्रमणमा चिनियाँ भाषा शिक्षणसम्बन्धी समझादारी गरिएको थियो ।

टिप्पणीहरू