शुसासनमा तीनवटै तहका सरकार असफल : शेखर कोइराला
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न तीनै तहको सरकार असफल भएको ठहर गरेका छन् । पत्रकार महासंघ सुनसरीका पदाधिकारीहरुको पदस्थापन कार्यक्रममा बोल्दै कोइरालाले सुशासन कायम नभएकाले मुलुक प्रगतिउन्मुख हुन नसकेको बताए ।
उनले वर्तमान गठबन्धन सरकारबाट जनताले धेरै आशा राखेकाले असफल भए देशमा अराजकता बढ्ने दाबी गरे । ‘वर्तमान एमाले काँग्रेसको सरकार विशेष परिस्थिति र निश्चित लक्ष्य लिएर बनेकोले असफल हुने छुट छैन,’ उनले पत्रकारहरुमाझ भने, ‘यो सरकार असफल भयो भने लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र खतरामा पर्छ त्यसैले असफल हुन छुट छैन ।’
उनका अनुसार वर्तमान सरकार २०८४ सम्मै टिक्छ । तर आगामी निर्वाचनमा एमाले र काँग्रेसबीच चुनावी प्रतिस्पर्धा हुने बताए । ‘आगामी निर्वाचनमा काँग्रेसको प्रतिस्पर्धा एमालेसँग र एमालेको प्रतिस्पर्धा काँग्रेससँगै हुन्छ । चुनावमा गठबन्धन हुँदैन, सरकार र चुनाव फरक विषय हो ।’
टिप्पणीहरू