माधव भेट्न आलोकनगर पुगे वामदेव

माधव भेट्न आलोकनगर पुगे वामदेव
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीमा मिसिने तरखरमा रहेका वामपन्थी नेता वामदेव गौतमले उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।  

दिउँसो १ बजे आलोकनगरस्थित एकीकृत समाजवादीको मुख्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा अध्यक्ष माधव र नेता वामदेवसहित सावित्रा भुसाललगायत पाँच जनाको उपस्थिति रहेको छ । 

पछिल्लो समय नेता वामदेव एकीकृत समाजवादीमा समाहित हुने चर्चा छ । यसका लागि दुबै पक्षले वार्ता टोली बनाएर केही दिनयता छलफल अघि बढाएका छन् । आजको भेटवार्ता पनि त्यसैमा केन्द्रित रहेको बताइएको छ । 

वामदेवलाई अध्यक्ष माधव र सम्मानित नेता झलनाथ खनालपछिको वरियतामा बरिष्ठ नेताको हैसियतमा एकीकृत समाजवादीमा भित्र्याउन सहमति जुटिसकेको भए पनि अन्य नेताको व्यवस्थापन मिलाउन बाँकी रहेको जनाइएको छ ।

टिप्पणीहरू