ओलीलाई भीम रावलले सिकाए ‘समानान्तर गतिविधि’को परिभाषा

ओलीलाई भीम रावलले सिकाए ‘समानान्तर गतिविधि’को परिभाषा
सुन्नुहोस्

एमालेबाट निष्कासित डाक्टर भीमबहादुर रावलले अध्यक्ष केपी शर्मा ओलीलाई ‘समानान्तर गतिविधि’ को पाठ सिकाएका छन् । आफूविरुद्ध लगाइएको आरोपको खण्डन गर्दै उनले ओलीलाई समानान्तर गतिविधिकाे परिभाषा सिक्न भनेका हुन् । 

आफूविरुद्ध सुनियोजित रुपमा पार्टी हितविपरित काम गरेको, नेतृत्वविरुद्ध भड्काएको र समानान्तर गतिविधि चलाएको आरोप लगाइएको बताउँदै रावलले भने, ‘समानान्तर गतिविधि भन्नाले पार्टीको जिम्मेवार व्यक्तिले पार्टीको कुनै गतिविधि चलिरहेको बेला अलग्गै गतिविधि गर्नु हो । तर मैले कहाँ कसरी कोसँग गरे ? बरु म तपाईलाई स्पष्टीकरण सोध्न चाहन्छु ।’

रावलले कतिपय अराजक अभिव्यक्ति ‘मैले दिएको हो भनेर’ भ्रामक रुपमा सिर्जना गरिएको पनि बताए । ‘एकतर्फी कुरा लगाउनेहरुको कुरामा आएर म बसेको होटल बाहिर रक्सी खुवाएर नाराबाजी गर्न लगाएको होइन र ?’ सौराहा महाधिवेशनको सन्दर्भ कोट्याउँदै  उनले सोधे  । 

राष्ट्रिय स्वाधिनता र स्वाभिमानको पक्षमा विचार राख्दा कसरी समानान्तर गतिविभि हुन्छ ? उनले जवाफसमेत मागेका छन् ।

टिप्पणीहरू