सामन्तकुमार गोयलबारे ओलीलाई भीमको प्रश्न

सामन्तकुमार गोयलबारे ओलीलाई भीमको प्रश्न
सुन्नुहोस्

नेकपा एमालेबाट निकालिएका डाक्टर भीमबहादुर रावलले अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय गुप्तचर संस्था ‘र’ का तत्कालीन प्रमुख सामन्तकुमार गोयलसँग किन भेटेको ? भनेर प्रश्न सोधेका छन् । 

पार्टीबाट निष्कासनमा परेपछि आज पहिलोचोटि काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले सोधे, ‘०७७ कात्तिकमा भारतीय र प्रमुख सामान्तकुमार गोयलसँग कुन नियतले बालुवाटारमा दुई घण्टा भेटेको ? नेपाल र भारतबीच सीमा विवाद चलिरहेकाे बेला त्याे भेट रहस्मय थिएन र ?’

त्यस्तै, उनले लुम्बिनी प्रदेशी सांसद विमला वलीलाई अपहरण गर्ने महासचिव शंकर पोखरेललाई च्यापेको देख्दा हाँसो लाग्ने पनि बताए । भने, ‘०७८ मा लुम्बिनी प्रदेशसभाकी सदस्य बिमला वलीलाई रातारात अपहरण गरेर शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन षड्यन्त्र गरेको होइन र ? पोखरेलले सपथ लिँदै गर्दा तपाईकै निर्देशनमा सेना परिचालन गरेर संरक्षण गर्नु हाँस्यास्पद र लज्जास्पद थिएन र ?’ 

दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयन किन रातारात गरिएको ? भनेर पनि रावलले ओलीलाई प्रश्न गरेका छन् । यी र यस्ता दर्जनौँ प्रश्न सोधेका उनले जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने दाबी गरे ।
 

टिप्पणीहरू