मुद्दा फिर्ता लिने चक्करमा चौधरी
आफूले हडपेको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा नेपाल सरकारको नाममा नामसारी भएपछि विनोद चौधरीको चाँदबाग स्कूल र परिवारले दायर गरेको रिट फिर्ता लिने अवस्थामा पुगेको छ । गत माघमा सरकारी जग्गा हडपेको आरोपमा विनोद चौधरीसमेतसङ्ग अनुसन्धानका लागि प्रहरीले सरकारी वकिलको कार्यालय,माइतीघरमा बयान लिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको पत्रको आधारमा उक्त जग्गा नेपाल सरकारको नाममा आइसकेको छ । सोही आधारलाई कारण देखाउँदै चौधरी परिवार दुषित कागजात बदरको मागसहित सर्वोच्च गएको थियो । रिटमा मागबमोजिमको अन्तरिम आदेश जारी नभए पनि पेशी चढ्दै आएको छ । अहिले सोही मुद्दा फिर्ता लिनुपर्ने अवस्थामा उनीहरु पुगेका हुन् ।
गत वर्ष माघदेखि ठगी र किर्तेमा अनुसन्धान चलिरहेकाले ब्यूरोले महान्यायाधिवक्ता कार्यालयमार्फत् मुद्दा दायर गर्न प्रतिवेदन बुझाइसकेको बुझिएको छ । एक वर्ष अर्थात् माघ ९ गतेभित्र मुद्दा दायर गर्नुपर्ने वा मुद्दा नचलाउने निर्णय गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेकाले चौधरीले आफ्नो मुद्दा फिर्ता लिएर मार्ग प्रशस्त गर्न खोजेको हुनुपर्छ ।
‘माघ ९ गतेभित्र मुद्दा दर्ता गर्नुपर्छ तर,आफ्नै मुद्दा फिर्ता लिएको निस्सा बुझाएमा यताको मुद्दा दर्ता हुँदैन । गत वर्ष दूषित कागजातविरुद्ध हालिएको मुद्दा फिर्ता लिने मनस्थितिमा चौधरी परिवार बूढानीलकण्ठ र बालुवाटारतिर धाइरहेको देखिन्छ,’
सरकारी वकिल कार्यालय स्रोत भन्छ, ‘चौधरीले अन्तरिम आदेश माग गरेको मुद्दा फिर्ता लिएमा सरकारवादी मुद्दा नचल्ने निश्चित छ । उनले मुद्दा फिर्ता लिएनन् भने चाहिँ प्रहरीलाई फौजदारी र ठगी अनुुसन्धानमा एक वर्षको म्याद हुन्छ कि मुद्दा चलाउनुपर्यो कि नचलाउने निर्णय हुनुपर्यो,उसले मुद्दा सिफारिस गरिसकेको छ । मुद्दा फिर्ता लिएको निस्सा बुझायो भने यो मुद्दा अगाडि बढ्दैन ।’
ब्युरोले भने जग्गा जफतको लागि मुद्दामा जानैपर्ने बताएको छ । ‘हामीले मुद्दा चलाउने भनेर प्रतिवेदन बुझाइसकेका छौं । ‘माघ ९ गतेभित्र मुद्दा दर्ता गर्नुपर्छ तर,आफ्नै मुद्दा फिर्ता लिएको निस्सा बुझाएमा यताको मुद्दा दर्ता हुँदैन । गत वर्ष दूषित कागजातविरुद्ध हालिएको मुद्दा फिर्ता लिने मनस्थितिमा चौधरी परिवार बूढानीलकण्ठ र बालुवाटारतिर धाइरहेको देखिन्छ,’महान्यायाधिवक्ता कार्यालय स्रोतको दावी छ ।
तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीका दाजुभाइसहित चौधरी ग्रुपद्वारा सञ्चालित चाँदबाग स्कूलका सञ्चालक सञ्जय ठाकुर,बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई सिआइबीले गत वर्ष पक्राउ गरेको थियो । पछि जिल्ला अदालत काठमाडौंको आदेशमा उनीहरु जमानतमा छुटेका थिए ।
अदालतका कनिष्ठ न्यायाधीश यज्ञप्रसाद आचार्यले दुई दिनभित्र ‘फास्ट ट्र्याक’ मा मुद्दा अघि बढाउन आदेश दिएलगत्तै उनलाई सरुवा गरेर मुगु पुर्याइएको थियो । पछिल्लो समय सिआइबीले उक्त जग्गा प्रकरणबारे महान्यायाधिवक्ता कार्यालयमा मुद्दाको अवस्था जानकारी पाउन पत्राचार गरेको देखिन्छ । त्यसक्रममा चाँदबागका भित्री हर्ताकर्ता विनोद भए पनि अरुण,सञ्जय ठाकुरहरुलाई सिआइबीले बोलाएर सोधपुछ गरेको थियो ।
चौधरीले २०४३ भदौ १० गते च्याम्पियन फुटवेयर लिमिटेड नामक कम्पनीका नाममा उक्त जग्गा लिएका थिए । कारखानाको नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गाबाट १० रोपनीको हक हस्तान्तरण गरी च्याम्पियन फुटवेयरको जारी पुँजी ५० लाख रहेकोमा २५ प्रतिशत सेयर लिने गरी तत्कालीन सञ्चालक समितिले निर्णय गरेको थियो ।
कारखानाले १२ लाख ५० हजार लगानी गर्नुपर्नेमा २६ लाख २७८ लगानी गरेर सरकारलाई नोक्सान पुर्याएको सिआइबीको अनुसन्धानबाट देखिन आएको छ । यसबाट साविक मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको,मुलुकी अपराध संहिता २०७४ को दफा २४९ र २७६ बमोजिमको कसूर गरेको खुलेको छ ।
टिप्पणीहरू