बाँकी केन्द्रीय सदस्यकाे धारणापछि एमालेको निर्णय
नेकपा एमालेको हिजोदेखि शुरु केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे डाकिएको छ ।
हिजो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक र महासचिव शंकर पोखरेलको साङ्गठनिक प्रतिवेदनमाथि २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने बताइएको छ ।
आजै बैठकको अन्तमा केन्द्रीय सदस्यहरुको रायसहितको निष्कर्ष प्रस्तुत गरिने कार्यक्रम छ ।
टिप्पणीहरू