एमाले सांसद बैंकक हुँदै कोलम्बोमा

एमाले सांसद बैंकक हुँदै कोलम्बोमा

एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल श्रीलंका गएका छन् । प्राय  विदेश गइरहने उनी गएराति थाइ एअरवेजको उडान नम्बर टिजी ३१० मा थाइल्याण्डको राजधानी बैंकक हुँदै त्यता गएको बताइन्छ । 

गत महिना उनी  कम्बोडिया पुगेर उनले ‘एक पन्थ,दो काज’ भ्याएका थिए । एशियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलनले कम्बोडियाको राजधानी न्होम्पेन्हमा आयोजना गरेको १२ औं साधारण सभाका क्रममा उनले फिलिपिनो संसदका सभामुखसँग भेट गरेको फोटो सार्वजनिक गरेका थिए ।

ढकालले आफूलाई एमाले उल्लेख नगरी सामाजिक सञ्जालमा सांसद तथा पूर्वमन्त्रीको हैसियत जनाउँदै फिलोपिनो सभामुख मार्टिन जि रोमुअल्देजसँग भेट गरेको फोटो पोष्टाएका हुन् । उनले केन्द्रवादी लोकतान्त्रिक पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा भेट भएको जनाउँदै आफूलाई नेपाल परिवार दलको संस्थापक भनेर चिनाएका थिए ।

उनकी श्रीमती ब्लेसी गाडोन फिलिपिनो नागरिक हुन् । ढकाल बारम्बार फिलिपिन्स,दक्षिण कोरियालगायत मुलुक जाउआउ गरिरहन्छन् । उनीमाथि ‘होलीवाइन’ मच्चाएको आरोप पनि लाग्दै आएको छ ।

टिप्पणीहरू