माधव नेपालका केन्द्रीय सदस्य एमाले बैठकमा
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमालेमा फर्किएका छन् । पार्टी विभाजनपछि माधवकुमार नेतृत्वको नेकपा एसमा लागेका उनी आज च्यासलमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा पुगेर पुरानै घर फर्किएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले स्वागत गरेका चेपाङ मकवानपुर निवासी संविधानसभा सदस्य पनि हुन् । एकीकृत समाजवादीमा उनी आदिवासी जनजाति फाँटको सहइञ्चार्ज थिए ।
टिप्पणीहरू