भीम रावल लडेर, धम्क्याएर, घुर्काएर खान माहिर हुन्-केपी ओली
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट हालै निष्कासित नेता भीम रावलमाथि चर्को आक्रोश पोख्नुभएको छ । उहाँले पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको आठौँ बैठकमा नेताहरुको जिज्ञासाको जवाफ दिने क्रममा रावलको पक्षमा धेरै आँशु बगाउन आवश्यक नरहेको चेतावनी पनि दिनुभएको छ ।
दुई साताअघि पार्टी सचिवालयको निर्णयानुसार रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित र स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई छ महिनाका लागि निलम्बन गरिएको छ । सोही सन्दर्भमा केही सदस्यले असन्तुष्टि जनाएपछि उहाँले जवाफ दिने क्रममा भन्नुभयो, ‘भीम रावलको पक्षमा आँशु बगाएको पनि देखियो । एउटा व्यक्तिको बारेमा धेरै आँशु बगाउनुको आवश्यकता छैन ।’
‘खाएको खायै हुनुहुन्छ । मुख खाली नै छैन । उनी लडेर,धम्क्याएर, घुर्काएर खान सिपालु मानिस हो । त्यस्ताहरुका लागि कारबाहीमाथि पुनर्विचार होइन, बरु ढिलो भयो भन्नुस् ।’
उहाँले रावलप्रति सांकेतिक रुपमा कडा आक्रोश पोख्नुभएको छ । ‘खाएको खायै हुनुहुन्छ । मुख खाली नै छैन । उनी लडेर,धम्क्याएर, घुर्काएर खान सिपालु मानिस हो । त्यस्ताहरुका लागि कारबाहीमाथि पुनर्विचार होइन, बरु ढिलो भयो भन्नुस् ।’
एमालेले अघिल्लो वर्ष सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग यात्रा र गत भदौमा काठमाडौंको टुँडिखेलमा आयोजित गौरा पर्वको सन्दर्भ पनि अध्यक्षले कोट्याउनुभएको बैठकमा सहभागी एक जना नेताले उल्लेख गरे । अध्यक्षको भनाई उद्धृत गर्दै उनी भन्छन्, ‘रावलको गृह जिल्ला अछाममा जाँदा बरु काँग्रेसीहरुले फूल मालाले स्वागत गरे । उनी कहिँ कतै देखा परेनन् । भदौमा गौरा पर्व मनाउने क्रममा टुँडीखेलमा मेरा विरुद्ध नारा लगाइयो । त्यो काममा सुदूरपश्चिमका एक दर्जन युवालाई उतारिएको पाइयो ।’
टिप्पणीहरू