रक्तचन्दन तस्करीमा माओवादी नेताको संलग्नता
सिन्धुपाल्चोकका एक जना माओवादी नेता रक्तचन्दन तस्करीमा पक्राउ परेका छन् । बलेफी गाउँपालिका ८ का ज्ञानबहादुर तिमल्सिनासहित दुई जनालाई प्रहरीले चार सय ३१ किलो रक्तचन्दनसहित पक्रेको छ ।
माओवादी नेता तिमल्सिनासहित काठमाडौँ १४ का रमेश थापा पनि सोही आरोपमा पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकूले उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
चार सय ३१ किलो रक्तचन्दनसहित सिन्धुपाल्चोकका माओवादी नेता ज्ञानबहादुर तिमल्सिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बलेफी गाउँपालिका–८ का स्थानीय माओवादी नेता तिमल्सिना र काठमाडौँ १४ का रमेश थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रहरी टोलीले पक्राउ गरेको छ । तिमल्सिना र थापाले रक्तचन्दन कहाँबाट ल्याएका हुन् भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
तिमल्सिनाको समूह यसअघि पनि भारतबाट ल्याएर रक्तचन्दन तातोपानी नाका हुँदै चीनतर्फ तस्करीमा संलग्न भएको प्रहरीको भनाई छ । उनीहरुले काठमाडौंको पेप्सीकोलास्थित भाडाको कोठामा उक्त परिमाणको रक्तचन्दन भण्डारण गरेका थिए ।
रक्तचन्दन विश्व वन्यजन्तु तथा वनस्पतिको नियमन गर्ने अभिसन्धि (साइटिस)को अनुसूची–२ मा सूचीकृत वनस्पति हो । नेपाल साइटिस सन्धि गरेको मुलुक भएकाले यसको कारोबार अवैध मानिन्छ ।
टिप्पणीहरू