नेपाल–भारत मैत्री पुस्तकालयमा एसबिआईको तीन लाख
नेपाल एसबिआई बैंकले नेपाल–भारत मैत्री संघ कास्कीलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित नेपाल–भारत मैत्री पुस्तकालय सञ्चालन गर्न तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख मीनबहादुर गुरुङले संघका अध्यक्ष गोपाल धोजुलाई उक्त रकम हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिङ बागेल, बैंक तथा संघका पदाधिकारीहरुको उपस्थिति थियो ।
बैंकले शिक्षा क्षेत्रमा यस किसिमको सहयोग गर्दै आइरहेको जनाएको छ । एसबिआईले हाल देशभर आफ्ना एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २२ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको पनि जनाएको छ ।
टिप्पणीहरू