चारै दिनमा गयो यिनको चोला
रुकुम पश्चिमबाट दाम्पत्य जीवन शुरु गर्न भागेको एक जोडीको चार दिनमै मृत्यु भएको छ । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न भागेको त्रिवेणी गाउँपालिकाको एक प्रेमिल जोडी आज बिहान मृत अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार त्रिवेणी गाउँपालिका ४ खुम्चेरीका टेकबहादुर खड्काको एक मात्र छोरा १९ वर्षीय लोकेन्द्र खड्का र सोही गाउँपालिकाको वडा नम्बर ६ निवासी १९ वर्षकै सपना पुन मगर एउटै कोठामा मृत अवस्थामा फेला परेका हुन् । उनीहरु लोकेन्द्रको अस्थायी टहरामा मृत भेटिएका थिए । प्रहरीले दिनभर घटनास्थललाई घेरा हालेर अहिले बेलुका मात्र कागजात तयार गरी पोष्ट मार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याएको छ ।
वडा अध्यक्ष नन्नराम बाँठाले माघ ८ गते विवाहको लागि लोकेन्द्रले सपनालाई भगाएर ल्याएको बताए । लोकेन्द्रकी आमा बिरामी भएपछि बुवाको साथमा उपचारको लागि नेपालगञ्ज गएको बेला घरमा यस्तो घटना भएको हो ।
लोकेन्द्र झुन्डिएको अवस्थामा फेला परेका थिए भने सपना भुइँमा मृत अवस्थामा उत्तानो परेकी थिइन् । सपनाको शरिरमा निलडाम रहेको बताईएको छ ।
मृतक लोकेन्द्र टेकबहादुरको एक मात्र छोरा हुन् भने मृतकको एक बहिनी छिन् । काठमाडौंमा अध्ययनरत छोरीको साथमा बुवाआमा नेपालगञ्जबाट आएपछि शनिबार बेलुका घटनास्थलको मुचुल्का बनाउने काम भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थल कागजात तयार पारेर दुवै जनाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याएको छ ।
अनुसन्धान शुरु गरिएको र पोष्टमार्टम रिपोर्टपश्चात थप कुरा खुल्ने प्रहरीको भनाई छ । टहराभित्र लोकेन्द्र झुन्डिएको अवस्थामा फेला परेका थिए भने सपना भुइँमा मृत अवस्थामा उत्तानो परेकी थिइन् । सपनाको शरिरमा निलडाम रहेको बताईएको छ ।
टिप्पणीहरू