अर्थतन्त्रलाई आइसीयुबाट निकाल्न अध्यादेश ल्याएको दावी

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा गएको अर्थतन्त्रलाई आईसीयुमा ल्याउन सकिएको भन्दै सन्तोष व्यक्त गर्नुभएको छ ।
आज काठमाडौँमा नेपाल चेम्बर एक्स्पोको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आईसीयुमा भएको अर्थतन्त्रलाई सफल उपचार गरेर बाहिर निकाल्ने प्रयास भइरहेको पनि बताउनुभयो । अर्थतन्त्रका बाधाहरुलाई हटाउनकै लागि सरकारले अध्यादेश ल्याएको मन्त्री गुरुङको जिकिर छ ।
‘हामी सरकारमा आउँदा अर्थतन्त्र साँच्चिकै कोमामा थियो, अहिले आईसीयुमा ल्याएको छौँ’, उहाँले भन्नुभयो, ‘अर्थतन्त्रका नीतिगत बाधकहरुलाई हल गर्नका लागि हामीले अध्यादेश ल्याएका हौँ ।’
अध्यादेशले नीजि क्षेत्र र खासगरी आइटी सेक्टरलाई लाभान्वित बनाएको पनि मन्त्री गुरुङको दावी छ । ‘एआईको एप्लाई कसरी गर्ने भन्ने सबैको चासो थियो । आइटी सेक्टरलाई इण्डस्ट्रीको रुपमा कसरी विकसित गर्ने भन्ने चिन्ता थियो, अध्यादेशले त्यसको बाटो खुलाएको छ’, उहाँले थप्नुभयो ।
टिप्पणीहरू