दुई सयभन्दा बढी कर्मचारी सम्पर्क अधिकृत

दुई सयभन्दा बढी कर्मचारी सम्पर्क अधिकृत

पर्यटन विभागले पर्वतारोहण टोलीका साथ खट्ने सम्पर्क अधिकृत (लिएजोन अफिसर) को सूची सार्वजनिक गरेको छ । सन् २०२४ मा विश्व शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणमा जाने टोलीसँगै खटिएका दुई सय बढी सम्पर्क अधिकृतको नामावलीसहित सूची सार्वजनिक गरिएको हो । 

सूचीअनुसार गत वर्ष विभिन्न सरकारी निकाय तथा कार्यालयमा कार्यरत कुल दुई सय २७ जना कर्मचारी सम्पर्क अधिकृत भएर विभिन्न हिमाल गएका छन् । जसमा आधाभन्दा बढी अर्थात् एक सय २० जना पर्यटन मन्त्रालय र मातहतका कार्यालयमा काम गर्ने कर्मचारी रहेका छन् । 

बाँकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सर्वोच्च अदालत, निर्वाचन आयोग, महान्यायाधिवक्ता कार्यालय, गृह मन्त्रालय, वन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, शहरी विकास मन्त्रालय, भूमि मन्त्रालय, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कानून मन्त्रालय, नेपाल प्रहरी, नारायणहिटी दरबार संग्रहालय, पुरातत्व विभाग, नापी कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालयलगायतका कर्मचारी रहेको बताइन्छ । 

सरकारले सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणमा जाने टोलीसँग सरकारी कर्मचारीलाई सम्पर्क अधिकृतका रुपमा खटाउँदै आएको छ । यसरी खटिएका सम्पर्क अधिकृतले हिमाल आरोहण टोलीको सरकारी कामकाजदेखि तिनले हिमालमा गर्ने गतिविधि, सफल आरोहण गरे वा नगरेको रेकर्ड राख्नेलगायत काम गर्ने गर्छन् । साथै, एकातिर आफ्नो नियमित जागिरमा तलबी बिदा पाइने, अर्कोतर्फ भत्ता सुविधा र घुमफिरसमेत गर्न पाइने हुँदा सम्पर्क अधिकृतमा कर्मचारीहरुको आकर्षण धेरै देखिन्छ ।

 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...

टिप्पणीहरू