रवि जोगाउने वकिललाई कारबाही सिफारिस

रवि जोगाउने वकिललाई कारबाही सिफारिस
सुन्नुहोस्

चितवनको सहारा सहकारी ठगी प्रकरणमा संगठित अपराधबाट रास्वपाका सभापति रवि लामिछानेलाई उन्मुक्ति दिएको आरोप लागेका तत्कालीन जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले अभियोग पत्रमा गल्ती गरेको भन्दै दोषी ठहरसहित प्रतिवेदन बुझाइएको छ ।

आरोपित लुइँटेलमाथि थप कारबाहीबारे स्पष्ट नभए पनि उनलाई सो प्रकरणमा कसुरदार ठह¥याइएको छ । एउटै प्रकरण, मुख्य अभियुक्तहरू सबै उही भएको अवस्थामा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको छानबिनमा सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित अन्य १५ जना मुख्य आरोपीविरुद्ध मुद्दा दर्ता भएको थियो । तर, लुइँटेलले चितवनमा लामिछानेलाई संगठित अपराधबाट जोगाएर ठगीमा मात्रै मुद्दा चलाउने निर्णय गरेका थिए । 

वकिल लुइँटेलविरुद्ध नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोकत्वमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल र ईश्वरी ढकाल रहेको तीन सदस्यीयसमिति गठन गरिएको थियो । समितिले लुइँटेलले लामिछाने र अन्य प्रतिवादीविरुद्ध लगाएको अभियोगमा पहिलो दृष्टिमै कैफियत भएको निष्कर्षसहित छानबिन थालेको थियो । समितिले चितवन सरकारी वकिल कार्यालयमा रहेको मुद्दाको मिसिल, कागज प्रमाणसहित लुइँटेलको कल डिटेल्स र बैंक खातासमेत छानबिनको दायरामा ल्याएको स्रोतको दाबी छ । 

टिप्पणीहरू