केटीलाई दिएको गाडी लुकाइयो कुनामा
समाजकल्याण परिषद्मा ५५ हजार संस्था आबद्ध छन् । आइएनजिओ पनि सय हाराहारीमा होलान् । कुनै पनि संस्थाले परियोजना समाप्त भएपछि परिषद्लाई बुझाउनुपर्ने गाडीसहितका महत्वपूर्ण जिन्सी सामग्री मन्त्रीको मिलेमतोमा पदाधिकारीले कसरी गायव पार्छन् भन्ने प्रसंग यहींनिर जोडिन आउँछ ।
परिषद्को पदेन अध्यक्ष छँदा आफ्नै अध्यक्षतामा कार्य सञ्चालन समितिको बैठक बसाली पूर्वमन्त्री उमा रेग्मी, भगवती चौधरी र सुरेन्द्र आचार्यलगायतले महँगा गाडी आफूनिकट संस्थाको नाममा लगेर प्रयोग गरेको भेटिएको छ । चौधरीले भने तरकारी बोक्ने काममा प्रयोग गर्दै आएको बुझिएको छ । नामसारीका निम्ति संस्थालाई गरिएको पत्र यति गोप्य राखिएको छ कि थाहा पाउलान् भनेर गाडी नं. छोपी इञ्जिन नम्बरमात्र राखिएको छ ।
यसरी विदेशीले किनेका विलासी संस्थाका करोडौँ मूल्य पर्ने गाडी एक दर्जन बढी फोकटमा बाँडिएको श्रोतको दावी छ । उता, भाउजूले (आरजु) गिफ्ट दिएको गफ लडाएर परिषद्को आफू चढ्ने डस्टरगाडी कोषाध्यक्ष विनय लामाले विदेश जाँदा एक संस्थामा काम गर्ने केटी साथीलाई दिँदा बाढीको चपेटामा परेपछि क्रेनले उठाएर परिषद्मा पु¥याएको र मर्मत गर्न १५ लाख खर्च लाग्ने भएपछि कसैले नदेख्ने गरी लुकाएर राखिएको छ ।
अर्का बोर्ड सदस्य शम्भुजंग राणाले भाउजूको नाम भजाएर परिषद्बाट लगेको स्कुटर छोरीले चढिरहेको समाचार जनआस्थामा प्रकाशन भएपछि परिषद् पदाधिकारी र कर्मचारीबीच ठूलै झगडा भए पनि हाललाई युद्धविरामको स्थिति छ । ५ वर्ष मधेश प्रदेश चलाएर आएका महिला मन्त्री नवलकिशोर साह सुडीले मन्त्रालयको सुविधाबाहेक परिषद्कै २ वटा विलासी गाडी क्वार्टरमा लगेर राखे पनि अरु मन्त्रीलेझैँ यसको निर्णय गराएका छैनन् बरु पाँच दर्जन अस्थायी कर्मचारीलाई काममा लगाउने तर तीन महिनादेखि म्याद थप नगरी नियुक्त पदाधिकारीलाई हटाएर आफ्नालाई भर्ती गर्न परामर्शमा जुटेका छन् । यसबीच अर्थ मन्त्रालयले परियोजना समाज कल्याणमा स्वीकृतिका निम्ति लैजान नपर्ने र सबै काम आफैँले हेर्ने गरी नीति बनाउन लागेको बुझिएको छ ।
टिप्पणीहरू