समाजवाद ल्याउन नसके वामदेव मृत्युदण्ड भोग्न तयार

समाजवाद ल्याउन नसके वामदेव मृत्युदण्ड भोग्न तयार

वामपन्थी नेता तथा राष्ट्रिय सभाका सांसद वामदेव गौतमले समाजवाद ल्याउने जिम्मा दिन माग गरेका छन् । आजको आवश्यकता समाजवाद निर्माण हो भन्दै उनले उहाँले राष्ट्रिय सभा बैठकमा त्यस्तो माग राखेका हुन् । 

नेता गौतमले समाजवाद ल्याउन नसकेको खण्डमा मृत्युदण्डका लागि तयार रहेकोसमेत बताए । 'समाजवाद निर्माण गर्न सकिन्छ । म आफूलाई दाउमा राख्न चाहन्छु । मलाई मृत्युदण्ड दिइयोस् यदी समाजवाद निर्माण हुन सक्दैन भने । वर्ष तोकियोस् । यति वर्षभित्रमा समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु’, उनले भने । 

सरकारले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो हुने गौतमको बुझाई छ । अध्यादेश मुख्यत: राज्य सञ्चालनमा सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भए पनि यसको प्रयोग भने लोकतान्त्रिक ढंगले हुनुपर्नेमा उनले जोड दिए । प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरु पूरा गर्नुपर्ने गौतमले स्मरण गरे । 

संविधानबमोजिम के-कति सङ्ख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज नभए पनि अध्यादेश नानी बाबुहरूले घर पुतली खेले जस्तो विषय नभएको गौतमले बताए । 

‘अहिले केही समयदेखि अध्यादेशले राजनीतिक माहोल तातेको छ । म अध्यादेश पक्षधर पनि होइन, विपक्षमा पनि लागेको छैन । यसको सैद्धान्तिक थाहा छ । अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना हो । तर प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरु पूरा गर्नुपर्छ', उनले भने, 'संविधानबमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा छैन । तर यो नानी बाबुहरुले घर पुतली खेले जस्तो विषय पनि होइन । अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो संस्कार मानिन्छ ।'

टिप्पणीहरू