नाम किताबखाना, काम घुस लेनदेन

नाम किताबखाना, काम घुस लेनदेन

घुससहित समातिएका राष्ट्रिय किताबखाना (शिक्षक) मा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । 

आयोगको टंगालबाट खटिएको टोलीले गत पुस १४ गते प्रसाईंलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा कार्यालय सहयोगी अधिकारी र बिचौलिया न्यौपानेको पनि संलग्नता भेटिएको बताइन्छ ।

अख्तियारका अनुसार सेवाग्राहीलाई नियमानुसार पेन्सन पट्टा (निवृत्तभरण अधिकारपत्र) उपलब्ध नगराई विभिन्न बहानामा घुस मागेको खुल्न आएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम तीन लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित तीनै जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

टिप्पणीहरू