रायन र ग्लोबल क्यापिटलबीच लिस्टिङ इनिसिएटिभ सम्झौता

रायन एनरी प्रालि र ग्लोबल आईएमई क्यापिटल लिमिटेड आईपीओ प्रवद्र्धनका लागि लिस्टिङ इनिसिएटिभसम्बन्धी सम्झौताका लागि तयार भएका छन् । कर्पोरेट एडभाइजरी र रायन बिजनेस कन्सेप्टअन्तर्गत आईपीओ प्रवद्र्धनका लागि नक्सालमा भोलि लिस्टिङ इनिसिएटिभसम्बन्धी सम्झौता हुन लागेको जनाइएको छ ।
रायनले विद्युतीय तीन पाङ्ग्रे सवारीसाधन एसम्बल गर्दै आएको छ । मुलुकमा सवारी साधनको बढ्दो मागलाई पूरा गर्न स्वाप टेक्नोलोजीमार्फत कम्पनीले नयाँ नयाँ आविष्कार गरिरहेको छ । हस्ताक्षर समारोहमा कम्पनीको कार्यप्रगति पनि प्रस्तुत गरिँदै छ ।
टिप्पणीहरू