कैलालीमा बालिकामाथि सामूहिक बलात्कार

कैलालीमा बालिकामाथि सामूहिक बलात्कार

कैलालीकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बर्दगोरिया गाउँपालिकामा बालिकाको सामूहिक बलात्कार गरेको आरोपमा अधवैंशे र किशोर पक्राउ परेका छन् ।

बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय किशोरले बालिकालाई शनिबार सामूहिक बलात्कार गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुले बालिकालाई पसलभित्र बलात्कार गरेको खुलेको छ । 

बालिकालाई मासु पकाएर पसलमा ल्याउन भनेपछि त्यहाँ पुगेकी बालिका बलात्कृत भएकी हुन् । यसअघि गत बिहीबार पनि धनगढीमा एउटी बालिका बलात्कृत भएकी थिइन् ।

टिप्पणीहरू