नेत्रलाई हराएर नेसपामा बाबुराम निरन्तर

नेत्रलाई हराएर नेसपामा बाबुराम निरन्तर

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डाक्टर बाबुराम भट्टराई दोहोरिएका छन् । अर्का प्रत्याशी नेत्र चापागाईंलाई भारी मतले हराउँदै उनले अध्यक्ष जितेका हुन् । 

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा जम्मा ८७३ मत खसेकोमा डाक्टरले ८०२ भोट पाए । ७० वर्षे निवर्तमान अध्यक्षलाई चुनौती दिएका युवा नेता  चापागाईँलाई जम्मा ७१ मत परेको छ । मत परिणामको औपचारिक घोषणा भने गरिएको छैन ।

नेसपाको प्रथम राष्ट्रिय सम्मेलनले ९९ सदस्सीय केन्द्रीय समिति निर्वाचित गर्दैछ । त्यसमध्ये मानुषी यमी भट्टराईसहित २२ जना यसअघि नै निर्विरोध भैसकेका छन् । बाबुराम र हिसिलापुत्री मानुषी उपाध्यक्षमा निर्विरोध भएकी हुन् । बाँकी पदमा भने निर्वाचन भएको हो ।

मत परिणामको औपचारिक नतिजा सार्वजनिक गरी आजै प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरन हलमा नवनिर्वाचितहरुको शपथ ग्रहण गराईदै छ । नवनिर्वाचित अध्यक्ष डाक्टर प्रमुख अतिथि रहेको कार्यक्रममा महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमी, निर्विरोध निर्वाचित उपाध्यक्षहरु मानुषी र दुर्गा सोब, अध्यक्ष हारेका नेत्रलगायतको उपस्थिति छ । 

 

टिप्पणीहरू