श्रीलंकाका गभर्नर, बंगलादेश र माल्दिभ्सका डेपुटीहरु आउँदै

नेपाल राष्ट्र बैंकको आयोजनामा राजधानीमा ‘दक्षिण एसियाली एलायन्स फर फाइनान्सियल इन्क्लुजन’ तालिम तथा बैठक शुरु भएको छ । हिजोदेखि पर्सिसम्म हुने उक्त कार्यक्रममा दक्षिण एसियाका भारत र अफगानिस्तान बाहेक अन्य मुलुकका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर तथा प्रतिनिधिहरु सहभागी हुने क्रम जारी छ ।
सोही क्रममा श्रीलंकाली केन्द्रीय बैंकका गभर्नर पी नन्दलाल विरासिंघे भोलि दिउँसो काठमाडौं आइपुग्दै छन् । मलेसियास्थित एलायन्स फर फिनान्सियल इन्क्लुजन (आफि) का डेपुटी सिईओ सुन युएन ची मलेसियन एअरलाइन्सको उडानमा आज मध्यान्ह आइपुगेकी हुन् । माल्दिभ्सका डेपुटी गभर्नर अहमद इमाद आज राति सिंगापुर एअरलाइन्सको उडानमा आइपुग्दै छन् ।
बंगलादेशका डेपुटी गभर्नर मोहम्मद हबिबुर रहमान भोलि बिहान साढे ११ बजे विमान बंगलादेशको उडानमा आइपुग्ने बैंक स्रोतले बतायो । पाकिस्तानी केन्द्रीय बैंकका कार्यकारी निर्देशक समर हुस्नैन भोलि बिहान साढे ८ बजे फ्लाई दुबईको उडानमा आउने र बंगलादेशको अर्थ मन्त्रालयका सह सचिव कमरुल हक मरुफ पनि भोलि नै विमान बंगलादेशको उडानमा काठमाडौं आइपुग्दैछन् ।
मलेसियास्थित एलायन्स फर फिनान्सियल इन्क्लुजन (आफि) का डेपुटी सिईओ सुन युएन ची बाहेक अरु सबै पाहुना कार्यक्रममा सहभागी भएर शुक्रबार स्वदेश फर्कने छन् । सुन युएन ची आगामी शनिबार दिउँसो मलेसियन एअरलाइन्सको उडानमा स्वदेश फर्कने बताइएको छ ।
टिप्पणीहरू