हराएको मोटरसाईकल भोलिपल्टै फिर्ता

चितवन प्रहरीले हिजो हराएको मोटरसाईकल खोजेर आज सम्बन्धित धनीलाई बुझाइदिएको छ ।
प्रहरीका अनुसार भरतपुर–४ निवासी बलराम तिमिल्सिनाले आफ्नै घरमा पार्किङगरी राखेको ना३५प ६१३८ नं. को एफजेडएस मोटरसाईकल हराएको भन्दै खोजीका लागि निवेदन दिएका थिए । जिल्ला प्रहरी र मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा भरतपुर–२ क्षेत्रपुरमा बेवारिसे अवस्थामा उक्त मोटरसाईकल फेला परेको हो।
त्यसपछि आज तिमिल्सिनालाई मोटरसाइकल हस्तान्तरण गरेको जिप्रका चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालले जानकारी दिए ।
टिप्पणीहरू