एकीकृत समाजवादीका प्रदेश उपाध्यक्षमाथि प्रहरी अनुसन्धान जारी

एकीकृत समाजवादीका प्रदेश उपाध्यक्षमाथि प्रहरी अनुसन्धान जारी
सुन्नुहोस्

जबरजस्ती करणीको आरोप लागेपछि नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरीलाई प्रहरीले पक्राउ गरेको छ । कास्की जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।

स्याङ्जा सदरमुकामस्थित पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई घरबाटै पक्राउ गरेर पोखरा पुर्याइएको हो । 

कास्की जिल्ला अदालतले फागुन २ गते जबरजस्ती करणी मुद्दामा उनलाई पक्राउको अनुमति दिएपछि छ दिनको म्याद थपेर अनुसन्धान थालिएको हो ।

टिप्पणीहरू