एसबिआईका ग्राहकलाई स्काईलाइनमा छुट

एसबिआईका ग्राहकलाई स्काईलाइनमा छुट
सुन्नुहोस्

नेपाल एसबिआई बैंकका ग्राहकले होटल स्काईलाइन इन्फ्रामा आकर्षक छुट पाउने भएका छन् । बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले उक्त छुट प्राप्त गर्न लागेका हुन् । 

पर्साको वीरगञ्जमा रहेको स्काईलाइन इन्फ्राबाट प्रवाह हुने खाद्य, पेय पदार्थ तथा अन्य सेवाहरुमा बैंकका कार्डवाहक वा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले १५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ । 

छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका मधेश प्रदेश प्रमुख उदय पंजियार र स्काईलाइन इन्फ्राका निर्देशक अंकुर भङ्गर अग्रवालले हस्ताक्षर गरेका छन् । आफ्ना ग्राहकको आधुनिक बैंकिङ्ग सेवामा पहुँच बढाउन एसबिआई बैंकले बेलाबखत यस्ता सम्झौता गर्दै आएको छ । 

विगत तीन दशकदेखि बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले हाल देशभर आफ्ना एक सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ्ग, सात प्रादेशिक कार्यालय, एक सय २५ एटिएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।

टिप्पणीहरू