‘मूर्तिकलाको संरक्षण आवश्यक’

सुन्नुहोस्

प्रविधिको बढ्दो प्रयोग र आयातित सामग्रीका कारण पछिल्लो समय कलात्मक वस्तुहरुको प्रयोगमा कमी आएको छ । प्राचीन युगमा उत्पत्ति भएका कलात्मक वस्तुहरु जोगाउन अहिले हम्मे हम्मे हुन थालेको छ । 

यस्तो अवस्थामा नेपाली प्राचीन एवम् ऐतिहासिक वस्तुहरुको संरक्षणका निम्ति राज्यले आवश्यक कदम चाल्नुपर्ने यसका अगुवाहरु बताउँछन् । ललितपुरस्थित अरनिको स्टोन कारभिङका सञ्चालक धर्मराज शाक्य मूर्तिकलाको संरक्षण गर्नु आजको आवश्यकता भएको बताउँछन् । मूर्तिकला कला मात्र नभई नेपाली इतिहासिक अस्तित्व बोकेको सभ्यता रहेको उल्लेख गर्दै उनले यसको संरक्षणमा सबै एकजुट हुनुपर्ने बताए । 

आफ्ना बुबाबाट मूर्ति बनाउन सिकेका शाक्यले अहिले नयाँ पुस्तामासमेत यो सीप हस्तान्तरण गरिरहेका छन् । भन्छन्, ‘म बाल्यकालबाट यो पेशामा लागेको हुँ । यसबापत मैले सरकारलगायत देश विदेशबाट धेरै सम्मानसमेत पाएको छु । तर, अब भने यसको संरक्षण गर्नु हो । नयाँ पुस्तामा मूर्ति बनाउने सीप हस्तान्तरण गर्नु छ ।’

टिप्पणीहरू